News

    नेपाल फेस्टिवल फुकुओका २०२४ का संरक्षकसमिति संयोजक सन्तोष थापाले दिय जापानबासी नेपालीहरुलाई  धन्यवाद

    जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको सस्कृति जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्टर पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ सम्पन्न भएको छ ।
    गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको नेतृत्वमा,फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओका, एनआरएनए जापानको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन गरेको जानकारी नेपाल फेस्टीबल फुकुओका २०२४ संरक्षक समिति संयोजक सन्तोष थापाले बताउनु भयो ।
    उक्त कार्यक्रमको आयोजक समिति संयोजक विवेक बुढाथोकी ज्यु,प्रमुख आतिथी नेपाली राजदुतावास टोकियोका राजदुत डा. दुर्गा बहादुर सुवेदी ज्यु,जापानको अवैतनिक पर्यटन दुत रामहरी पुडासैनी ज्यु, फुकुओका अवैतनिक बाणिज्य दुत किमोतो ज्यु,एनआरएनए अभियन्ता टंक प्रसाद गैरे ज्यु,एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, एनआरएनए जापान अध्यक्ष नविन न्युरे ज्यु,फुकुओका प्रान्तको प्रतिनिधी ज्युहुरु,लगायत जापानको विभीन्न ठाँउबाट पाल्नु भएका नेपाली तथा जापानिज वक्ताहरुले सम्बोधन गर्दै कार्यक्रमको औपचारीक सत्र समाप्त भएको थियो ।

    435255403_887192876752814_8361743500911316510_n.jpg


    फेस्टीबल भव्यताका साथ सम्पन्न पार्नका लागी फुकुओकाको अत्यन्तै व्यस्त शहर तेन्जीन क्षेत्रमा नेपाली पञ्चेबाजा, तथा झाकि सहित परेड, नेपाली नृत्य, जापानीज नागरीकहरुको विभीन्न प्रस्तुती तथा जापानमा बसोबास गर्दै आएता पनि नेपाली लोक संगीतलाई माया गर्ने र जापानमा पनि निरन्तर त्यस क्षेत्रमा लागी रहनु भएका गायक पुरुषोत्तम सिग्देल, माधव सिग्देल, स्याम सितल, गायीका काजल गुरुङ्ग, अर्का आधुनिक गायक प्रथम गुरुङ्ग र उक्त फेस्टीबलको आकर्षकको रुपमा नेपाल आइडल सिजन २ का बिजेता रवि ओडका वेजोड प्रस्तुती रहेको थियो ।
    उक्त फेस्टीबल सम्पन्न पार्नका लागी सहयोग गर्नुहुने नेपाली तथा जापानीज विभीन्न सहयोगी संघ संस्था तथा व्यक्तिहरु, अहोरात्र खटिनु हुने स्वयमसेवकहरु सबैलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि नेपाल र नेपालीको पहिचानसँग जोडिएका कार्यक्रमहरुमा सदैव साथ र समय दिने कुरा फेस्टीबल संरक्षक समिति २०२४ संयोजक सन्तोष थापा ज्युले बताउनुभयो।धन्यवाद 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *