३१ जुलाई, न्यूयोर्क ।
कमला पक्षधरले बिहीबार राति आयोजना गरेको जुम ‘मिटिङ’मा डेढ घण्टाभित्रै २० लाख अमेरिकी डलर चन्दा संकलन, ‘मिटिङ’मा एकसाथ १ लाख ६४ हजारभन्दा धेरै महिला सहभागी हुँदा ‘जुम एप’ नै अवरुद्ध
अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत आइतबारदेखि एकाएक फेरिएको छ । बाइडेनले गत आइतबार राष्ट्रपति निर्वाचनको दौडबाट आफू पछि हटेको घोषणा गर्दै ४ वर्षयता आफ्नो उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई समर्थन गर्ने बताएपछि माहोल तातिएको हो ।
अघिल्लो सातासम्म चर्चाको केन्द्रमा नरहेकी कमलाले यो एक सातामा निर्वाचन अभियान घोषणा गर्नेदेखि अलग–अलग स्थानमा भाषण दिने, परम्परागत डेमोक्य्राट र सेलेब्रिटीबाट समर्थन जुटाउनेसम्ममा सक्रियता बढाएकी छन् । उनले ट्रम्पलाई चुनावी बहसका लागि चुनौती दिन पनि सुरु गरेकी छन् । ट्रम्पमाथिको आक्रमणले रिपब्लिकन उम्मेदवारका पक्षमा जालाजस्तो देखिएको राजनीतिक खेल अहिले कमला र उनका गतिविधि वरिपरि केन्द्रित भएको छ ।
यो माहोलको राजनीतिक पक्षमात्रै छैन, कमलाको चुनावी अभियानले एकै सातामा दसौं लाख अमेरिकी डलर चन्दा प्राप्त गरेकी छन्, सामाजिक सञ्जालसँगै चुनावी सर्वेक्षणमा पनि उनी बलियो बन्दै गएकी छन् । सञ्चारमाध्यममा आएका जानकारीलाई आधार मान्ने हो भने कमलाले बाइडेन पछि हटेकै दिन झन्डै ८१ मिलियन र ३६ घण्टाभित्र सय मिलियन अमेरिकी डलर चन्दा जुटाउन सफल भएकी थिइन् । डेमोक्य्राट नेसनल कमिटी तथा फन्डरेजिङ कमिटीहरूका अनुसार २४ घण्टामा संकलन भएको यो रकम अमेरिकी चुनाव इतिहासमै सबैभन्दा ठूलो रकम हो ।
डेमोक्रेटिक पार्टीले कमलाको उम्मेदवारीको टुंगो लगाउन भने बाँकी छ । अर्को महिना (अगस्ट) मा सिकागोमा हुने पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनेछ । आधिकारिक घोषणा नभए पनि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुने पक्कापक्की जस्तै भएकी कमलाले बाइडेनसँगै बर्नी स्यान्डर्स, नान्सी पेलोसी, अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, एलिजाबेथ वारेन, हिलारी क्लिन्टनसँगै पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेलको पनि समर्थन प्राप्त गरिसकेकी छन् । जर्ज क्लुनी, जोन लेजेन्ड, बियोन्से, कार्डी बी, एरियाना ग्रान्डेजस्ता हलिउड सेलेब्रिटीहरूले समेत कमलालाई समर्थन र सहयोगको घोषणा गरेपछि उनको निर्वाचन अभियानमा सुरुका केही दिन प्रतिमिनेट २० हजार अमेरिकी डलरको दरले चन्दा संकलन भएको न्युजविकले उल्लेख गरेको छ ।

कमलालाई समर्थन गर्न जुम कलमा धेरैजसो श्वेत महिला सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जुममा गरिएको उक्त ‘फन्डरेजिङ’ कार्यक्रमको शीर्षक नै ‘ह्वाइट विमेन्स आन्सर द कल’ थियो र त्यसमा प्रख्यात अमेरिकी गायिका पिंक र अभिनेत्री कोन्नि ब्रिटनसमेत सहभागी थिए । मिटिङको सुरुवातमै ‘कमेडियन क्यारोल लेइफ’ले ५ लाख डलर चन्दा दिने घोषणा गरेकी थिइन् । सामान्यतया महिनौं र कुनै बेला वर्षौं समय लगाएर निर्माण गरिने अमेरिकी राष्ट्रपतीय चुनावी अभियानका लागि कमलासँग त्यति लामो समय थिएन तर एक साताको सर्वेक्षण र माहोलले उनी कमजोर उम्मेदवार नरहेको जनाउ दिइसकेका छन् ।
ट्रम्पले सिलिकन भ्यालीसँग नजिक मानिएका जेडी भान्सलाई उपराष्ट्रपति बनाएर प्रविधि व्यवसाय क्षेत्रको ध्यान र चन्दा आफूतर्फ तान्न खोजेका छन् । यसले गर्दा केहीअघिसम्म शिथिल देखिएको डेमोक््रयाटहरूको अभियान कमलाको अनपेक्षित प्रवेशसँगै लयमा फर्किएको हलिउडका ठूला चन्दा संकलक एन्डी स्पानले दाबी गरेका छन् । सन् २००८ मा राष्ट्रपतिका तत्कालीन उम्मेदवार ओबामाका लागि सिलिकन भ्यालीमा उल्लेख्य चन्दा जुटाउने कामको नेतृत्व गरेका स्टिभ स्पिनरले कमलाको उम्मेदवारी घोषणा भएपछिका दुई दिनलाई सुन्दर आइतबार र सोमबार भनेका छन् र त्यसले ओबामाको निर्वाचन अभियानका दिन सम्झाएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा पनि कमलाको उपस्थिति बलियो देखिएको छ । राष्ट्रपति बाइडेन फेरि उम्मेदवार बन्ने घोषणा भएयता डेमोक्य्राटहरू सामाजिक सञ्जाल र विशेषगरी कम उमेरका अमेरिकीहरूको आलोचना र हँसीमजाकको तारो बनेका थिए । कमलाले सशक्त रूपमा अघि बढाएको सामाजिक सञ्जाल अभियानले भने डेमोक्य्राटहरूलाई केही सहजता दिएको छ । डेढ दशकअघि सामाजिक सञ्जालमा देखाएको लोकप्रिय उपस्थिति, कम उमेरका मतदातामाझ बलियो उपस्थिति र मजबुत सार्वजनिक अभिव्यक्तिमार्फत ओबामा राष्ट्रपति बनेका थिए । त्यही शैलीलाई कमलाले पनि पछ्याउन खोजेको देखिन्छ । चुनावी अभियानमा कम उमेरका अमेरिकीले धेरै चलाउने टिकटकजस्ता प्लाटफर्ममा सक्रिय बनेर, बियोन्सेजस्ता गायिकाको गीत प्रयोग गर्न थालेर र मिम ट्रेन्डहरूलाई सकारात्मक प्रयोग गरेर कमलाले सामाजिक सञ्जालको भरपूर प्रयोग गर्ने संकेत देखाइसकेकी छन् ।
उदाहरणका लागि ओबामाजस्ता प्रमुख व्यक्तिको फोन आउँदाको भिडियोसमेत बनाएर कमलाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । न्युयोर्कस्थित एक अदालतबाट दोषी ठहर भएपछि ट्रम्पलाई जेल जानबाट जोगाउने अभियान भन्दै रिपब्लिकन समर्थकले सयौं लाख डलर चन्दा दिएका थिए । उनीमाथि आक्रमण हुँदा र रिपब्लिकन पार्टीको सम्मेलनमा उनको उम्मेदवारी आधिकारिक हुँदा ट्रम्पको अभियानले थप चन्दा सहयोग पाएको थियो । अर्बपति इलन मस्कले ट्रम्पको चुनावी अभियानलाई प्रतिमहिना ४५ मिलियन डलर दिने घोषणा गरेका थिए तर कमलाको उम्मेदवारीपछि आफूले त्यो रकम दिन्छु नभनेको बताउन थालेका छन् ।
ट्रम्पसँगको प्रतिस्पर्धामा पछि पर्दै गएका तत्कालीन डेमोक्य्राट उम्मेदवार बाइडेनको तुलनामा कमलाले आफ्नो स्थिति सुधार गर्दै लगेको सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएन, द गार्जियन, रोयटर्सजस्ता सञ्चारमाध्यमले विभिन्न सर्वेक्षणलाई आधार मानेर लेखेका समाचारमा उच्च प्रतिस्पर्धा हुने अमेरिकी राज्यहरूमा ट्रम्प कमलाभन्दा झिनो प्रतिशतले अगाडि रहेको उल्लेख गरेका छन् ।
राजनीतिक र चुनावी परिणाम जे भए पनि आफू गम्भीर राजनीतिक मुद्दामा बलियोसँग प्रस्तुत हुने संकेत कमलाले आफ्नो उम्मेदवारी घोषणापछिको पहिलो सार्वजनिक सम्बोधनमै दिइसकेकी छन् । तत्कालका लागि बाइडेनसँग जोडिन नचाहेका धेरै प्रभावशाली व्यक्ति, व्यवसायी र चन्दादातामा अहिले देखिएको उत्साहले भारतीय मूलकी पहिलो अमेरिकी राष्ट्रपति उम्मेदवार बन्न लागेकी कमलाका पक्षमा सुरुवाती माहोल बलियो बनाइदिएको छ ।